नगर परिचय

  रूपन्देही जिल्लाको दक्षिणी भागमा अवस्थित सिद्धार्थनगर नगरपालिका नेपाल र भारतको सिमानामा पर्ने पाँचवटा मुख्य प्रवेशद्वार मध्य एक महŒवपूर्ण पर्यटकीय, व्यापारीक र औद्योगिक केन्द्रको रूपमा स्थापित तथा भगवान गौतम बुद्धको बाल्यकालको नाम सिद्धार्थ (सर्वअर्थसिद्ध) बाट सम्बोधित यस नगरको पाश्र्वचित्र तयार गर्ने जमर्को गरिएको छ । भैरहवा रूपन्देही जिल्लाको सदरमुकाम हो । हाल सिद्धार्थनगर नगरपालिका वडा नं. ७ मा पर्ने भैरहवा गाउँ नै पुरानो थलो हो । यसको नामकरण के कसरी भयो भन्ने शोध खोज गर्दा पाल्पामा अवस्थित भैरवथानको गुठी भएकोले भैरव भन्दै जाँदा यसमा हवा (स्थान) जोडेर भैरहवा भन्न थालिएको हो भन्ने परम्परा रहिआएको छ । रूपन्देही जिल्लाको सदरमुकाम बेथरीमा रहिआएकोमा वि.सं. १९९१ मा भैरहवामा सारिएका थियो । यहाँ रहेका विभिन्न स्मारक तथा कलावस्तुहरूले यसको पुरानो अस्तित्व प्रमाणित गर्न सघाएका छन् । सांस्कृतिक परम्परा र मान्यताहरू मानवीय आस्था, विश्वास, परम्परा, आदर्शता, साहित्य, भाषा, कला, धर्म, दर्शनादिको प्रतिबिम्ब र आध्यात्मिक जीवनको दर्पण भएकाले  अभ्यस्त एवं पारखीपूर्ण नेत्रको निम्ति यी निधि खुला पुस्तकको रूपमा रहेका छन् । प्रत्येक वस्तु र परम्परामा मूर्त एवं अमूर्त संस्कृति प्रतिविम्बित हुन्छ । एक्काईसौं शताब्दीको फूर्सदिलो एवं मनोरञ्जनमा रमाउन चाहने मानवले विश्वको कुनाकाप्चामा पुगी प्राकृतिक एवं सांस्कृतिक सम्पदाको रसस्वादन गर्ने क्रममा यस्ता परम्पराहरू अत्यन्त आकर्षक एवं  मनमोहक भएको तथ्य विशेष स्मरणीय छ । वि.सं. १९९० सम्म नगन्य रूपमा मात्र वस्तीहरू भएको