बजेट नीति तथा कार्यव्रम २०६८।०६९

सिद्धार्थनगर नगरपालिका कार्यालयको
आर्थिक वर्ष २०६८।०६९ को बजेट नीति तथा कार्यव्रम

पश्चिमाञ्चल विकास क्षेत्र, लुम्बिनी अञ्चल, रुपन्देही जिल्लाको सदरमुकाम एवं स्थल मार्गवाट प्रवेश गर्ने पर्यटकहरुको मुख्य प्रवेशद्वारको रुपमा रहेको सिद्धार्थनगर नगरपालिका २०२४ सालमा स्थापित भएको र नगरपालिका क्षेत्रभित्र अधिकांश ग्रामिण बस्तीहरु रहेको हुँदा चाहे अनुसार विकास तथा पुर्वाधारहरु निर्माण हुन सकिरहेको छैन । जनचेतनाको कमी, सिमित साधन श्रोतका वावजुद कसरी परिचालन गरेमा जनआकांक्षा केही हद सम्म पुरा हुन सक्छ यिनै मुलभूत कुरालाई आधार बनाई र नयाँ नेपालको परिकल्पना साकार बनाउन राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, बौद्धिक व्यक्तित्व एवं निजी क्षेत्रका सुझावबाट विकासका समग्र व्रिmयाकलापलाई अगाडी बढाउन जनचाहना अनुसारको सुशासनको प्रत्याभुति दिलाउन र पारदर्शी बनाउने उद्देश्यलाई अगाडी बढाउन र विगतका परिषदले मार्गदर्शन गरेका नीति तथा कार्यव्रmमलाई आत्मसाथ गरी आर्थिक वर्ष २०६८।०६९ को लागि निम्न बजेट नीति तथा कार्यव्रmम निर्धारण गरेको छ ।

नगरपालिकाले अवलम्बन गर्ने प्रयास गरेको सोंच ः
१.    नगरको आयको स्थिति ः
    नगरपालिकाको आयमा समयानुसार हुनु पर्ने बृद्धि स्थिर छ, तर नगरवासीको आकांक्षा दिनानुदिन बृद्धि हुदैछ । यस्तै स्थिति रहेमा नगरपालिकाको दैनिक प्रशासनिक कार्य पनि केही वर्ष पछि संचालन हुन समस्या पर्ने देखिन्छ । तसर्थ वैकल्पिक श्रोत परिचालन गर्नु अत्यावश्यक देखिएको छ ।
२.    प्रशासनिक खर्च ः
    मूल्यवृद्धि, महँगीभत्ता, एवं तलब बृद्धिका कारण बढ्दो प्रशासनिक खर्चलाई नियंन्त्रण गर्न अत्यावश्यक खर्च बाहेक अन्य खर्च कटौती गर्दै प्रशासनिक खर्च घटाउने तर्फ प्रयास भैरहेको छ ।
३.    ढल व्यवस्था ः
    वर्षेनी नगर बाढीको डुबानबाट आक्रान्त छ । ढलको गुरु योजना अनुसार बाढी नियन्त्रण गर्न नगरपालिकामा श्रोतको कमीले गर्दा हुन सकेको छैन । ऋणबाट आय आर्जन नहुने ढल निर्माण जस्ता कार्य नगरपालिकाको घातक हुने हुँदा अनुदानको खोजी गर्न पर्ने देखिन्छ ।
४.    वातावरण तथा फोहरमैला व्यवस्थापन ः
    नगरपालिका भित्रको सर सफाई एवं फोहर मैला व्यवस्थापन गर्न न.पा. को एक्लो प्रयासबाट मात्र सम्भव नहुने हँुदा दैनिक हुने फोहर मैला व्यवस्थापन गर्नको लागि निजी क्षेत्रसँग समन्वय गरी प्रमावकारी ढंगबाट सरसफाई कार्य अगाडी बढाईने कार्यक्रम अझै व्यवस्थित ढंगबाट गर्दै लगिनेछ ।
५.    साझेदारी ः
    सार्वजनिक निजी साझेदारी कार्यव्रmम – एएएग्भ्ंं अन्तर्गत निजी क्षेत्र दातृ निकाय, गैंह्र सरकारी संस्थाको सहभागिताको लागि अझ बढी प्रोत्साहन गर्न एवं विकास निर्माण कार्यमा जनसहभागिता जुटाउन तथा प्रभावकारी बनाउने सोच बढाइएको छ ।

६.    शिक्षा स्वास्थ्य एवं सामाजिक सुरक्षा ः
    सर्वाङ्गिण विकास अन्तर्गत खेलकुद , शिक्षा , स्वास्थ्य एंव वाल उद्यान,निर्माण कार्य तर्फ समेत केही रकम विनियोजन गरिएको छ । विपन्न, दलित , अपाङ्ग, असहाय वालवालिका, , महिला विकास, जनजाती आदी वर्गहरुको  शिक्षा स्वास्थ्य सामाजिक उत्थानका लागी केही रकम विनियोजन गरिएको छ ।
७.    मर्मत सम्भार ः
    निर्माण  भएको सार्वजनिक सम्पती सभागृह, बसपार्क, सडक ढल, मठ मन्दीर मस्जिद,पूल पुलेसा आदी मर्मत गर्न रकम अत्यावश्यक छ ।
८.    आधारभूत सुविधा ः
    नगरवासीहरुको न्यनतम आधारभूत सुविधाहरु सफासुग्घर बाटो , खानेपानी सुविधा, विधूत आपुर्ति एंव पुरानो सडकलाई ग्रेवल मिस्कट राखी सुधार बनाउने तर्फ ध्यान दिईने छ ।
९.    शहरी गरिबी ः
    बढदो शहरी गरिबी न्यूनीकरण गर्न स्थानीय प्रयास द्धारा शहरी विकास कार्यक्रमसँग सम्झौता गरी गरिबी न्यूनीकरण कार्यक्रम विगत वर्ष देखी शूरु भई हाल संचालन भई रहेको छ ।

नीति तथा कार्यव्रmमहरु ः
१.    सार्वभौमसत्ता सम्पन्न जनतालाई शासन प्रकृयामा आधिकाधिक मात्रामा सम्मिलित हुने अवसर मिलाई लाभको समान उपयोग गर्न पाउने व्यवस्था लिइएको छ ।
२.    योजनाहरुको तर्जूमा र संचालन गर्न आवश्यक जिम्मेवारी र अधिकार स्थानीय स्तरमा नै प्रदान गरी जवाफदेही वहन गर्न सक्ने व्यवस्था गरिने छ ।
३.    श्रोत परिचालनको योजनाबद्ध कार्यान्वयन गर्न सकेमात्र राजश्व परिचालन प्रभावकारी हुन सक्ने हँदा निजी क्षेत्रसँग साझेदारी गरि राजश्व अभिवृद्धि गर्न सहकार्यको निति अघि बढाइएको छ ।
४.    नगरवासीहरुलाई  सेवा प्रदान गर्ने मूख्य निकायको रुपमा नगरपालिका रहेको हुदा सरल ढंगवाट सेवा प्रदान गर्ने पद्धतीको विकास गर्न विभिन्न प्रयास जारी राखिने छ ।
५.    हालको आवश्यकता एंव जनताहरुको विकास प्रतिको चाहना अनुसार कार्यक्रमहरु ग्र्दा आजको अवस्थामा नगरपालिकाको एक्लो प्रयासबाट मात्र लगभग असंम्भव हने हुँदा ६०।४० को तथा जनसहभागिताबाट गर्ने कार्यलाई प्राथमिकता दिईने निति यथावत रहेको छ ।
६.    नगरपालिकाको प्रशासकिय क्षमता अभिवृद्धि गरी संस्थागत विकास एंव सुशासनमा आफनो सेवालाई प्रभावकारी रुपमा प्रवाह गर्न कार्यालयमा कम्प्यूटर प्रविधिको प्रयोगलाई विशेष प्राथमिकता दिईने छ ।
७.    सिद्धार्थनगर नगरपालिकाको संगठन तथा विकास (ओ.डी.) दक्ष विशेषज्ञबाट बृहत रुपमा अध्ययन गरी तयार पारी प्रतिवेदन पेश भैसकेकोले आर्थिक वर्ष २०६८।०६९ देखी कार्यान्वयन गर्ने तथा संगठन अनुसार थप वा पूर्ति गर्नु पर्ने दरबन्दी संगठन भित्रकै जनशक्तिलाई आन्तरिक रुपले परिचालन (मिलान) गर्ने निति अवलम्लन गर्ने ।
८.    नगरपालिकाकामा आउने सेवाग्राही लाई छिटो छरितो ढंगबाट सेवा प्रवाह गर्न र कर्मचारीलाई बढी भन्दा बढी जनउत्तरदायि बनाउनको लागी – प्राविधिक, बारुणयन्त्र, बिद्युत, लेखा शाखा बाहेकका कर्मचारीहरुलाई आगामी आर्थिक बर्ष देखि तुरुन्त लागू हुने गरी अनिवार्य रुपले वर्षमा १ एकपटक आन्तरिक शाखा र उपशाखामा सरुवा गर्ने । यस कार्यलाई वोर्डबाट एउटा प्रशासनिक समन्वय समिति बनाइ संचालन गर्ने ।
९.    नगरपालिकाका शाखा÷उपशाखा÷इकाईमा लागु भएका ःऋएः को मूल्यांकनलाई आधार मानि उत्कृष्ट काम गर्नेलाई पुरस्कृत, सम्मान, ग्रेड थप र संस्था र जनताको काम प्रति लापरवाही गर्नेलाई स्पष्टिकरण ग्रेड घटुवा तथा आवश्यकता अनुसार दण्ड सजाय र पुरस्कारको व्यवस्थालाई कडाईका साथ लागु गर्ने नीति अवलम्बन गर्ने ।
१०.    बढूवा सम्बन्धमा योग्यता र कार्यकाल पुगेकालाई स्थानीय स्वायत्त शासन नियमावलीमा व्यवस्था भए बमोजिम बढूवा गर्ने  ।
११.    स्वेच्छीक अवकाशका लागि गोल्डेन हैण्डसेकको नीति तर्जुमा गरी आवश्यक बजेटको व्यवस्था गर्ने र नीति निर्देशनको लागि कार्यव्रmम बनाईने छ ।
१२.    नगरपालिकामा कार्यरत बहालवाला कर्मचारी तथा तिनका परिवारहरुलाई न.पा.बाट लिइने कुनै पनि सिफारिसमा लाग्ने शुल्कमा शतप्रतिशत छुट दिने तर घर नक्शा पासमा यो छुट एकपटकको लागि मात्र लागु हुनेछ । परिवार भन्नाले महिलाको हकमा श्रीमान्, पुरुषको हकमा श्रीमती, महिला पुरुष दुवैको हकमा अविवाहित छोरा छोरी र अविवाहित कर्मचारीको हकमा बाबु, आमा भन्ने बुझ्नु पर्दछ ।
१३.    नगर भित्र व्यवसाय गरे वापत खानेपानी, विद्युत, टेलिफोन, द्यद्यल्, केबुल आदिले नगरपालिकाका कर्मचारीहरुलाई सेवामा लाग्ने शुल्कमा १००५ छुट सहुलियतका लागि कर्मचारीहरुको बैठक बसी सम्बन्धित निकायमा पहल गर्ने व्यवस्था मिलाउने ।
१४.    स्थानिय सरकारी तथा शिक्षण अस्पतालमा नगरपालिकाका कर्मचारी तथा तिनका एकाघरका परिवारहरुलाई औषधी उपचार, भर्ना तथा अपरेशन आदिमा बढी भन्दा बढी छुट सहुलियत दिनका लागि बोर्डले पहल र अनुरोध गर्ने ।
१५.    स्थानिय स्वायत्त शासन ऐन २०५५ तथा स्था.स्वा.शा.नियमावली २०५६ (दोस्रो संसोधन) को परिधी भित्र रही बनाइने विनियम र नगरपालिका संचालन गर्दा आई पर्ने कठिनाई, बाधा, अडचन आदीलाई फुकाउन ऐन नियमावलीमा नभएका बुँदालाई समेट्ने गरी विनियम बनाउने ।
१६.    स्थानिय स्वायत्त शासन ऐन २०५५ को दफा (९४) ३ अनुसार कुनै एक सदस्यको संयोजकत्वमा तिन सदस्यीय रहने गरी ऐनमा व्यवस्था भए वमोजिमको समिति गठन गरि समितिको कार्य विवरण तथा समयावधी नगरपालिका बैठकले तोके वमोजिम गर्ने निति अवलम्वन गरिने छ ।
१७.    नगर क्षेत्र भित्र नगरपालिका द्धारा सडक पीच निर्माण गर्दा पहिला नाला बनाएर मात्र सडक पीच (कालो पत्रे) निर्माण गर्र्ने निति लागू गरिने छ ।
१८.    नगरपालिकाबाट संचालन गरिने कुनै पनि योजनाहरु सर्वदलिय संयन्त्र (बोर्डको) को बैठकको निर्णयबाट मात्र योजना तर्जुमा गर्ने र योजना छनौट गर्दा योजनाको आवश्यकता, अनुमानित लागत र त्यसको नक्सा तथा ड्रइङ्ग तयार गरिसके पश्चात मात्र छनौट प्रकृया अगाडी बढाउने नीति अवलम्बन गर्ने ।
१९.    नगर भित्र १३ वडामा नै ६०।४० का निति अनुसार योजनाहरु प्रत्येक वडामा कम्तिमा एउटा योजना हुनु पर्ने कुनै वडाबाट योजना नआएमा बोर्डबाट वैकल्पिक व्यवस्था गर्ने ।
२०.    कूनै पनि कार्यक्रमवाट योजना संचालन गर्दा स्थानीय जनतालाई समावेश गरि उपभोत्ता समितिको रेखदेख, अनुगमन र सिफारिसमा संचालन गर्नु पर्ने साथै विशेष परिस्थितीमा बार्ड बैठकको निर्णयानुसार गर्ने ।
२१.    योजना सम्पन्न भएको भनी प्राविधिक फाटँवाट लिखित आएपछी योजनाको गूणस्तर आदी हेर्ने र वोर्डवाट गठित योजना जाँचपास समिति ले पास गरेपछी मात्र लेखा शाखाले भुक्तानी दिनु पर्ने ।
२२.    जनताका प्रत्यक्ष सरोकारका विकास निर्माणमा उपभोक्ता समिति गठन गरी योजना सम्पन्न गर्ने र यस नीतिलाई प्राथमिकता दिने ।
२३.    नगरको समग्र विकासका लागि (आर्थिक) सामाजिक÷सांस्कृतिक÷पर्यटन आदिका बारेमा विज्ञ, अनुभवी, बुद्धिजीवि लगायतको उपस्थितिमा उपलब्धीमूलक २÷३ दिने गोष्ठी संचालन गर्ने र यस गोष्ठीको निष्कर्षका आधारमा नगरका योजनाहरु अगाडी बढाउने नीति अवलम्बन गर्ने ।
२४.    नगर भित्र रहेका साहित्यिक, सांस्कृतिक, कला संस्कृति जस्ता संस्थाहरु मार्पmत समग्र कला संस्कृति र साहित्यिक विकासमा जोड दिने ।
२५.    सरकारी क्याम्पस, विद्यालय, स्वास्थ्य चौकी÷अस्पताल÷मठ मन्दिर÷सार्वजनिक धर्मशाला आदिमा नक्सा पास गर्दा लाग्ने दस्तुर विगतको नगर परिषदको नीति अवलम्बन गर्ने ।
२६.    नगरपालिका कार्यालयमा सूचना तथा तथ्यांक शाखा गठन गरी नगर भित्र भए गरेका र हुने कामलाई दुरुस्त रुपले व्यवस्थित गर्ने ।
२७.    वारुणयन्त्रको अधिकांश सेवा प्रवाह ग्रामीण क्षेत्रमा हुने भएको र बारुणयन्त्र संचालनको लागि न.पा.लाई अत्याधिक आर्थिक व्ययभार परेको हुँदा हाल जि.वि.स.बाट बार्षिक रुपमा रु. तीन लाख मात्र प्राप्त भएको हुँदा आगामी बर्ष देखि रु. २५ लाख जि.वि.स.बाट माग गर्ने निर्णय गरियो ।
२८.    उल्लेखित नीति एवं सूझावहरुको आधारमा आर्थिक वर्ष २०६८।०६९ का लागि कर, शूल्क, दस्तुरका दररेट एवं कार्यव्रmम तथा बजेट उपरोक्त बमोजिम स्वीकृत गरिएको छ ।
२९.    विद्यमान गरिबीको अवस्थालाई न्यूनीकरण गर्न विभिन्न कार्यव्रmम गरिने छ ।
३०.    फोहरमैला व्यवस्थापन तर्फ निजी क्षेत्रलाई प्रोत्साहन गर्दै जनचेतना मूलक कार्यक्रम संचालन गरि फोहरलाई स्थायी रुपमा विसर्जनका लागि डम्पिङ्ग साइडको लागि जग्गा खरिद प्रकृया अगाडि बढाइएको छ।
३१.    वातावरण संरक्षण तथा प्रकोप व्यवस्थापन सम्बन्धि कार्यव्रmम अघि बढाईने छ ।
३२.    निर्मित सार्वजनिक सम्पतीको मर्मत सम्भारका लागि कोषको व्यवस्था गरिएको  छ ।
३३.    कृषि सडक कार्यव्रmमलाई प्राथमिकता दिइने छ ।
३४.    महिला, बालबालिका तथा सबै जातजातिका विपन्न वर्गलाई लक्षित गरी विशेष कार्यव्रmमहरु ल्याइने छ ।
३५.    भौतिक पुर्वाधार विकास कार्यव्रmमलाई आगामी आ.ब.मा पनि प्राथमिकताका साथ अगाडी बढाइने छ ।
३६.    सार्वजनिक निजी साझेदारी कार्यव्रmमलाई निरन्तरता दिदै लगिने छ ।
३७.    नगरलाई हरियाली बनाउन र वातावरणीय सुधार पुराउन नक्सा पास गर्दा नै एक घर २ रुख अनिवार्य रुपमा रोप्न लगाउने नीतिलाई निरन्तरता दिइने छ ।
३८.    स्वास्थ्य सुविधाको पहुँचबाट टाढा रहेका नगरवासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा वडा नं. ४, १० र ११ लाई पायक पर्ने गरि वडा नं. १० मा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको र आगामी आ.ब.मा समेत थप विस्तार गर्ने नीति लिइएको छ ।
३९.    सभागृह, अतिथी गृह, बसपार्क संचालन गर्ने कार्यमा निजी क्षेत्रलाई परिचालन गर्ने नीति अवलम्बन गरिनेछ।
४०.    नगरपालिकाको संस्थागत क्षमता विकास बढाउन सेवा प्रवाहको स्तरमा चुस्तता एवं गुणस्तर बृद्धिको लागि विशेष ध्यान दिन खोजिएको छ । सुशासनलाई बढावा दिन विधीको शासनको अवधारणा अनुरुप केही विनियम तथा निर्देशिकाहरु बनाई कार्यव्रmम लागु गरिने छ ।
४१.    चिल्ड्रेन पार्क र पंचवाटीका संचालन गर्ने कार्य समेत निजी क्षेत्रलाई सहभागी गराई व्यवस्थित पारिनेछ ।
४२.    सुचनाको हकको सम्मान गर्दै नगरवासीहरुलाई नगरपालिका र नगरपरिषदबाट पारित प्रत्येक दस्तावेज एवं अन्य कागजात पारदर्शि बनाउनुका साथै न.पा.को चौमासिक आय व्यय प्रगती एवं गतिविधिहरु स्थानीय पत्र–पत्रिका तथा एफ एम मार्फत सार्वजनिक गरि सुचना शाखालाइ चुस्त राखिने छ ।
४३.    लेखा, जिन्सी व्यवस्थापन, घरजग्गा कर र राजस्व व्यवस्थापनलाई कम्प्युटरकृत प्रविधि अपनाई आधुनिकीकरण गरी व्यवस्थित र पारदर्शी सेवा नगरवासीलाई उपलब्ध गराइने छ ।
४४.    नगर विकास कोषको अनुदान सहयोगमा बुद्धचोकदेखि, मैत्रीपथ हुँदै हाटबजार सम्म फुटपाथ निर्माण र ढल व्यवस्था मिलाउने कार्य पनि शुरु गरिनेछ ।
४५.    श्रोत परिचालनको योजनावद्ध कार्यान्वयन गर्न सके मात्र राजस्व परिचालन प्रभावकारी हुन सक्ने हुँदा निजी क्षेत्रसंग साझेदारी गरी राजस्व अभिबृद्धि गर्न सहकार्यको नीति अघि बढाईएको छ ।
४६.    कालो प्लाष्टिकको झोला प्रयोगमा न्युनीकरण गर्न सम्बन्धित पक्षसंग सहकार्य गरी जनचेतनामूलक कार्यव्रmम संचालन गर्ने ।
४७.    सर्वदलिय संयन्त्रको बैठक महिनामा एक पटक अनिवार्य रुपमा बस्ने नीति पारित गरियो ।