बजेट वक्तव्य

सिद्धार्थनगर नगरपालिकाको १४औं नगरपरिषदमा
आर्थिक वर्ष २०६८।०६९ का लागि प्रस्तुत बजेट वक्तव्य

१४औं नगरपरिषदमा समुपस्थित राजनैतिक संयन्त्रका प्रतिनिधि ज्यूहरु, एकिकृत समितिका सदस्य ज्यूहरु, नगरपालिकाका कर्मचारी साथीहरु, वडा सचिव ज्यूहरु र पत्रकार ज्यूहरु ।
सर्वप्रथम यस नगरको योजना, बजेट तथा कार्यव्रmम तर्जूमा गर्ने यस महत्वपूर्ण समारोहमा उपस्थित भई दिनु भएकोमा सिद्धार्थनगर नगरपालिका र म स्वयंको तर्फबाट यहाँहरु सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु । स्थानीय स्तरमा प्राप्त साधन र श्रोतको संकलन, विनियोजन तथा उपयोग गर्ने गहनतम कार्य स्थानीय स्तरमै गरिने परिपाटीको मर्म अनुरुप विकेन्द्रीकरणको मूल मान्यतालाई आत्मसात गरेर ल्याईएको स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा सो सँग सम्बन्धित नियमावली २०५६ ले नगरपालिकाहरुलाई नगरको विकासको लागि महत्वपुर्ण जिम्मेवारी दिएको छ । विकेन्द्रीकरणको स्थानीय मूल्य मान्यता भित्र रहेर विगतका आ.ब.मा झै यस आ.ब.मा पनि सहभागिता मूलक योजना तर्जूमा पद्धतिमा रहेर आगामी आ.ब. को लागि योजना तथा कार्यव्रmमहरु तर्जूमा गरिएको छ ।

विगतको लामो समयदेखि स्थानीय निकायहरु निर्वाचित राजनैतिक नेतृत्वको अभाव भोगीरहेका छन् । बढ्दो शहरीकरणको व्यवस्थापन तथा जनतालाई आधारभूत शहरी सेवा सुविधा उपलव्ध गराउने कार्य चुनौतीपूर्ण बन्दै गएको छ । किनकी जनताको चाहना र अपेक्षाहरु असिमित छन् भने नगरपालिकासँग साधन र श्रोतको सिमितता छ । एकै वर्षको बजेट र कार्यव्रmमले जनताको असिमित माँग र चाहनाको परिपूर्ति हुन नसक्ने भएकोले राजनैतिक संयन्त्र र नगरवासीको सहयोगमा निर्मित आवधिक पंच बर्षिय योजना २०६८ – २०७२ को मार्ग निर्देशन अनुसार प्रत्येक आ.ब.को कार्यव्रmममा समावेश गरि विविध क्षेत्रको विकास गर्ने प्रयास गरिएको छ । निर्वाचित जनप्रतिनिधिको व्यवस्था हुन नसकेता पनि जनमुखी एवं जिम्मेवार राजनैतिक दलहरुको सहमती, समन्वय र सहयोगमा सिद्धार्थनगर नगरपालिका आफ्नो घोषित लक्ष्य प्राप्तिमा अनवरत रुपमा कार्यरत रहेको व्यहोरा निवेदन गर्न चाहन्छु । नीतिगत निर्णय र विकास निर्माणको सन्दर्भमा यहाँका राजनैतिक दलहरु विचको सहकार्य एवं समन्वय मुलुकभरका लागि उदाहरणीय भएको व्यहोरा सगर्व स्मरण गर्न चाहन्छु ।

नगरको समस्याग्रस्त रुपमा रहेको ढल व्यवस्थापनलाई चुस्त र व्यवस्थित पार्ने कार्य एवं ल्याण्डफिल्ड साइटको व्यवस्थापन र शहरी गरिबी न्यूनीकरणका लागि विविध आय आर्जन कार्यव्रmमहरु संचालन गर्न एशियाली विकास बैंकले करिव ९१ करोड रकम सहयोग गर्ने र आगामी आ.ब.को फाल्गुण, चैत्र महिनादेखि उक्त कार्यव्रmम शुरु हुने व्यहोरा यहाँहरुलाई स्मरण गराउन चाहान्छु । यसबाट हालको डुबान सम्बन्धि समस्या र पानी जमी नगरवासीले व्यहोर्नू परको अप्ठेरोपन धेरै हद सम्म समाधान हुनेछ ।

आदरणिय महानुभावहरु

अब म गरिमामय उपस्थिती समक्ष चालू आ.ब. २०६७।०६८ को आय व्यय तर्फ जेष्ठ मसान्त सम्मको यथार्थ स्थितिका बारेमा जानकारी गराउन चाहन्छु । हामीले चालु वर्षमा आय तर्फ आन्तरिक श्रोतबाट रु. २,९८,१५०००।– अनुमान गरिएकोमा हाल सम्म रु.२,५४,६४,३३०।९८ आम्दानी भइ सकेको तथा बाह्य श्रोत तर्फ रु.७,०१,००,०००।– अनुमान गरिएकोमा रु.८,५७,८८,१०६।६५ आम्दानी भइ कुल रु.९,९९,१५०००।– अनुमानित गरिएकोमा हाल सम्म कुल रु.११,१२,५२,४३७।६३ आम्दानी भएको छ । ीन्ऋम्ए कार्यव्रmम अन्तर्गत करिब १ करोड ३ लाख रुपैया बढोत्तरी भै आएकोले कुल आम्दानीमा बृद्धि भएको व्यहोरा अनुरोध गर्दछु । व्यय तर्पm सेवा खर्च, सरसफाई र बारुणयन्त्र संचालनमा रु. ४,६९,४०,८३२।८३ खर्च भै सकेको तथा पूँजीगत खर्च तर्फ रु.४,५८,११,३००।– अनुमान गरिएकोमा रु.३,९५,३५,३७३।४४ खर्च भई कुल खर्च तर्फ जम्मा रु.८,६४,७६,२०६।२७ यथार्थ खर्च भइसकेको व्यहोरा जानकारी गराउन चाहन्छु ।

पूँजीगत वजेट खर्चको सम्बन्धमा नगरपालिकामा रहेको सिमित साधन श्रोतलाई अधिकतम नगरवासीको हितमा प्रयोग गराउने प्रयास गरिएको छ । पूँजीगत खर्च तर्पm मन्त्रालयबाट प्राप्त जगेडा कोष शीर्षकबाट रु. १ करोडको लागतमा वडा नं. १३ को अद्वैतपथमा सडक पीच र नाला निर्माण एवं वडा नं. ६ मा सतह ढल निर्माण कार्य सम्पन्न भै सकेको छ । कृषि सडक कार्यव्रmम अन्तर्गत वडा नं. १० को शंकरपुर – धर्मपुरमा सडक निर्माण, वडा नं. ११ पिपरहिया र वडा नं. ९ को गोलीगढमा गरी करिब २७ लाख रुपैयांमा नाला एवं सडक निर्माण कार्य सम्पन्न भएका छन् । जंगलटोला, अंचलपुर, छोटकी पिपरहिया, डाडागाउँ, भैरहवा गाउँमा गरिबी न्यूनीकरण कार्यव्रmम संचालन गरी पूर्वाधार निर्माण, आय आर्जन सम्बन्धी तालिम कार्यव्रmम संचालन गरिएको छ । सडक बोर्ड नेपालको सहयोग र न.पा. समेतको लगानीमा नगरका विभिन्न स्थानमा सडक पीच मर्मतका कार्य भैरहेको छ । ीन्ऋम्ए कार्यव्रmम अन्तर्गत सडक पीच, नाला निर्माण, सडक ग्राभेल सिंचाईका लागि पम्पसेट, विपन्न परिवारलाई लक्षित गरी शौचालयहरुको निर्माण गरिएको छ । कार्यव्रmमले निर्देश गरे अनुसार विपन्न महिला, बालबालिका आदिवासी, जनजाती, मधेशी, मुस्लिम एवं पिछडावर्गलाई लक्षित गरी कार्यव्रmम संचालन गरिएको व्यहोरा अनुरोध गर्न चाहन्छु ।

आ.ब. ०६८।०६९ को लागि जगेडा कोष कार्यव्रmम तर्पm नगरको फोहरमैला संकलन एवं प्रशोधनको लागि ल्याण्ड फिल्ड साइटको लागि जग्गा खरिद गर्ने, आगलागी नियन्त्रणमा प्रभावकारिता ल्याउन दमकल खरिद गर्ने र फोहर व्यवस्थापनका लागि कम्याक्टर खरिद गर्ने गरी कार्यव्रmम मिलाइएको छ । यी कामका लागि रु. २ करोड प्रस्तावित गरिएको छ । गरिबी न्यूनीकरण कार्यव्रmमलाई निरन्तरता दिन रु. ३० लाख विनियोजन गरिएको छ । वडा नं. १ र ९ को वडा समिति भवन निर्माण सम्पन्न गर्ने गरी बजेट विनियोजन गरिएको छ । यसै गरी मर्मत सम्भार, कृषि सडक, सडक पीच मर्मतका लागि समेत बजेट विनियोजन गरिएको छ । विपन्न महिला, बालबालिका र ीन्ऋम्ए कार्यव्रmमले निर्दिष्ट गरेका क्षेत्रहरुलाई समेटेर कार्यव्रmम संचालन गर्न रु. २ करोड ८४ लाखको प्रस्तावित कार्यव्रmम तयार पारिएको छ । उपरोक्त कार्यव्रmम सम्पन्न भएपछि नगरवासीलाई प्रत्यक्ष फाइदा पुग्ने र धेरै हद सम्म शहरी सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

आर्थिक वर्ष २०६८।०६९ को बार्षिक नीति कार्यव्रmम तथा बजेट तर्जुमा गर्दा आवधिक पंच बर्षिय योजनाले निर्दिष्ट गरेका उद्देश्य तथा प्राथमिकता क्षेत्रहरुका अतिरिक्त देशले अंगीकार गरेको शहश्राव्दी विकास लक्ष्य, राष्ट्रिय योजना आयोगको मार्ग निर्देशन, स्थानीय विकास मंत्रालयको नीति निर्देशनको आधारका साथै प्रचलित स्थानीय स्वायत्त शासन ऐन नियम तथा अन्य कानुन बमोजिम व्रिmयाशिल समिति, विषयगत समितिहरु बाट प्राप्त राय सल्लाह सुझाव तथा प्रतिव्रिmयाहरुको आधारमा विकासको अभियानमा सबै नगरवासीहरुको अधिकतम सहभागिता जुटाउने अभियान अनुरुप नगरवासीहरुले वडा भेलामा सुझाएका प्राथमिकताका आधारमा योजना तथा कार्यव्रmम छनौट प्रकृया अवलम्बन गरिएको छ ।

अब म आगामी आर्थिक वर्ष २०६८।०६९ को अनुुमानित आय व्यय अनुमान गर्दा अपनाइएका आधार र न.पा.ले अवलम्बन गर्ने नीतिहरुका बारेमा संक्षिप्त रुपमा प्रकाश पार्न चाहन्छु । आगामी बर्षको आय अनुमान गर्दा राजश्व परामर्श समितिको राय सल्लाह सुझाव तथा राजश्व प्रक्षेपण सम्बन्धि अध्ययन प्रतिवेदनमा उल्लेखित सुझाव एंव सिफारिसका आधारमा केही आयका शिर्षकहरुमा सामान्य हेरफेर गरी आय अनुमान गरिएको छ भने खर्च तर्फ उपभोग खर्चमा कर्मचारीहरुको तलब भत्ता एवं कार्यालय संचालन गर्न बर्ष भरी चाहिने अति आवश्यक खर्चहरु मात्र समावेश गरी अन्य प्रशासनिक खर्च घटाउने प्रयास गरिएको छ ।

सर सफाईले नगरवासीको प्रत्यक्ष स्वास्थ्यसँग सरोकार राख्ने हँुदा विगतको भन्दा व्यवस्थित सर सफाई गर्ने र विभिन्न सघंसस्था तथा दातृ निकायको सहयोग एवं सहकार्यमा यसलाई अझ थप अभियानको रुपमा लागू गरी फोहर न्यूनीकरण अभियान कार्यव्रmम अघि सारिएको छ । फोहरमैला व्यवस्थापन र फोहरलाई श्रोतमा नै न्यूनीकरण गर्न विभिन्न जनचेतनामूलक कार्यव्रmमलाई प्राथमिकता दिइएको छ । डेंगु लगायतका विभिन्न प्रकोप नियन्त्रण, रेवीज रोग रोकथाप जस्ता कार्यव्रmमहरुलाई निरन्तरता दिइने छ । गर्मीयाममा तराई क्षेत्रमा बढी आगलागी भई धनजनको क्षति हुने हुदाँ हुन सक्ने संम्भावित क्षतिलाई न्युनीकरण गर्नका लागि वारुणयन्त्र (दमकल) लाई अझ ससक्त र व्यवस्थित बनाउँदै गा.वि.स.हरुमा समेत सेवा विस्तार गर्ने नीति अनुरुप नयाँ वारुणयन्त्र खरिद गरिने प्रस्ताव गरिएको छ ।

स्थानीय स्वायत्त शासन ऐन, नियमावली, विभिन्न निर्देशिका तथा विषयगत समितिबाट आएका राय सुझाव बमोजिम चालु वर्षमा निम्न लिखित कार्यव्रmमलाई बिशेष प्राथमिकता दिईएको छ ।

१.    विद्यमान गरिबीको अवस्थालाई न्यूनीकरण गर्न विभिन्न कार्यव्रmम गरिने छ ।
२.    फोहरमैला व्यवस्थापन तर्फ निजी क्षेत्रलाई प्रोत्साहन गर्दै जनचेतना मूलक कार्यक्रम संचालन गरि फोहरलाई स्थायी रुपमा विसर्जनका लागि डम्पिङ्ग साइडको लागि जग्गा खरिद प्रकृया अगाडि बढाइएको छ ।
३.    वातावरण संरक्षण तथा प्रकोप व्यवस्थापन सम्बन्धि कार्यव्रmम अघि बढाईने छ ।
४.    निर्मित सार्वजनिक सम्पतीको मर्मत सम्भारका लागि कोषको व्यवस्था गरिएको छ ।
५.    कृषि सडक कार्यव्रmमलाई प्राथमिकता दिइने छ ।
६.    महिला, बालबालिका तथा सबै जातजातिका विपन्न वर्गलाई लक्षित गरी विशेष कार्यव्रmमहरु ल्याइने छ ।
७.    भौतिक पुर्वाधार विकास कार्यव्रmमलाई आगामी आ.ब.मा पनि प्राथमिकताका साथ अगाडी बढाइने छ ।
८.    लागत सहभागितालाई विशेष प्राथमिकता दिई ६०।४० को कार्यव्रmमलाई निरन्तरता दिइने छ ।
९.    सार्वजनिक निजी साझेदारी कार्यव्रmमलाई निरन्तरता दिदै लगिने छ ।
१०.    नगरलाई हरियाली बनाउन र वातावरणीय सुधार पुराउन नक्सा पास गर्दा नै एक घर २ रुख अनिवार्य रुपमा रोप्न लगाउने नीतिलाई निरन्तरता दिइने छ ।
११.    स्वास्थ्य सुविधाको पहुँचबाट टाढा रहेका नगरवासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा वडा नं. ४, १० र ११ लाई पायक पर्ने गरि वडा नं. १० मा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको र आगामी आ.ब.मा समेत थप विस्तार गर्ने नीति लिइएको छ ।
१२.    सभागृह, अतिथी गृह, बसपार्क संचालन जस्ता कार्यमा निजी क्षेत्रलाई परिचालन गर्ने नीति अवलम्बन गरिनेछ ।
१३.    नगरपालिकाको संस्थागत क्षमता विकास बढाउन सेवा प्रवाहको स्तरमा चुस्तता एवं गुणस्तर बृद्धिको लागि विशेष ध्यान दिन खोजिएको छ । सुशासनलाई बढावा दिन विधीको शासनको अवधारणा अनुरुप केही विनियमहरु आगामी नगर परिषदबाट पारित गराउने प्रयास गरिएको छ ।
१४.    चिल्ड्रेन पार्क र पंचवाटीका संचालन गर्ने कार्य समेत निजी क्षेत्रलाई सहभागी गराई व्यवस्थित पारिनेछ ।
१५.    सुचनाको हकको सम्मान गर्दै नगरवासीहरुलाई नगरपालिका र नगरपरिषदबाट पारित प्रत्येक दस्तावेज एवं अन्य कागजात पारदर्शि बनाउनुका साथै न.पा.को चौमासिक आय व्यय प्रगती एवं गतिविधिहरु स्थानीय पत्र–पत्रिका तथा एफ एम मार्फत सार्वजनिक गरि सुचना शाखालाइ चुस्त राखिने छ ।
१६.    लेखा, जिन्सी व्यवस्थापन, घरजग्गा कर र राजस्व व्यवस्थापनलाई कम्प्युटरकृत प्रविधि अपनाई आधुनिकीकरण गरी व्यवस्थित र पारदर्शी सेवा नगरवासीलाई उपलब्ध गराइने छ ।
१७.    नगर विकास कोषको अनुदान सहयोगमा बुद्धचोकदेखि, मैत्रीपथ हुँदै हाटबजार सम्म फुटपाथ निर्माण र ढल व्यवस्था मिलाउने कार्य पनि शुरु गरिनेछ ।

अब म आगामी आर्थिक बर्ष २०६८।०६९ को बजेट तथा कार्यव्रmम बारे संक्षिप्तमा राख्न चाहन्छू । राजश्व परामर्श समितिको राय सल्लाह सुझाव तथा राजश्व विज्ञ श्री हेम शर्मा पोखरेलले दिनु भएको श्रोत वृद्धी सम्बन्धी राजश्व सम्भाव्यता अध्ययन एवं प्रक्षेपणका लागि दिइएका सुझावलाई मध्यनजर राखी बजेट तथा योजना तर्जूमा समितिद्वारा आगामी बर्षमा केही कर तथा शुल्कहरु परिमार्जन गरि सुधार गरिएको दरहरुका आधारमा आगामी वर्ष २०६८।०६९ का लागि आन्तरिक श्रोत तर्फ रु. ३,७७,९३,०००।– तथा बाह्य श्रोत तर्फ रु.११,२८,००,०००।– समेत कुल रु.१५,०५,९३,०००।– को अनूमानित आय अनुमान गरिएको छ । व्यय तर्फ उपभोग खर्चमा रु. ३,०२,७८,५००।–, सेवा खर्च तर्फ रु.३,२४,२८,०००।– तथा पूँजीगत खर्च तर्फ रु.८,७८,८६,५००। समेत कुल व्यय रु. १५,०५,९३,०००।– अनुमान गरिएको छ । आय र व्ययलाई समानुपातिक र सन्तुलित पार्ने गरी अनुमान पेश गरिएको व्यहोरा अनुरोध गर्न चाहन्छु । एकै बर्षको बजेट र कार्यव्रmमबाट अपेक्षीत सबै कार्यव्रmम र जनचाहना पुरा हुन नसक्ने हुँदा निरन्तर रुपमा जनताका माग चाहना र अपेक्षालाई सम्बोधन गर्दै लगिने छ र नगरवासीलाई सम्भव भएसम्मका शहरी सेवा सुविधा उपलब्ध गराइने छ ।  धन्यवाद ।


मिति ः २०६८।३।२१ गते    भोजेन्द्र कुमार क्षेत्री
    कार्यकारी अधिकृत
    सि.न.न.पा. कार्यालय